२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न र शव लिन भारतबाट राज्यमन्त्री आउँदै

८ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् । घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन् ।

शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्ययु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । आज दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ ।

घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका हुन् ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस