२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तनहुँ बस दुर्घटना : मृतक २७ जनाको पोखरामा पोस्टमार्टम गरेर शव बुझाइने

७ भदौ, पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ । ४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने छ । शव पोखरा ल्याउने तयारी भइरहेको उहाँले बतानुभयो । तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा ल्याउन लागिएको हो । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उहाँहरुले ल्याउन चाहेको बताइएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस