२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

७ भदौ, काठमाडौं । नेपाली सेनाले अधिकृत पद ९सहायक सेनानीरउपसेनानी० मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।

यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छ्ट्याइएको छ । नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेस्मम दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस