२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसियामै पहिलो पटक मंकिपक्स संक्रमित भेटिए

काठमाडौं । आसियान देश थाइल्याण्डमा एसियामै सबैभन्दा पहिलो पटक मंकिपक्स रोग देखिएको छ । बीबीसीका अनुसार एसियामा पहिलो पटक र अफ्रिकापछि स्विडेनमा यो रोग देखा परेको विश्वमा त्यसपछि मंकिपक्स एसियामा आएको औपचारिक रूपमा पुष्टि भएको छ ।

गत अगस्ट १४ मा थाइल्याण्डमा यो रोग आएको बताइएको छ । गत वर्षबाट प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएको मंकिपक्सबाट ४५० को ज्यान गएको औपचारिक पुष्टि भएको छ ।

यो रोगबारेमा विश्व स्वास्थ्य संगठनले पनि सचेतना गराएको छ । बरुण्डी, केन्या, रुवाण्डा, युगाण्डा लगायतका देशहरूमा यो रोग फैलिसकेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्कालको रूपमा यो रोगलाई व्याख्या गरेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस