२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा नर्स ममता काफ्लेको हत्या गरेको आरोपमा श्रीमान् नरेश भट्ट पक्राउ

काठमाडौं । केहि हप्ताबाट हराएकी अमेरिकामा रहेकी नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेशले हत्या गरेको निचोडमा अमेरिकी प्रहरी पुगेको छ । प्रहरीको पत्रकार सम्मेलन तथा भट्ट पक्राउसँगै यो कुरा सार्वजनिक भएको हो। नरेश भट्टलाई श्रीमती मारेको अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले गिरफ्तार गरेको छ।

भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नवआमा काफ्लेले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्।

उनले सामाजिक सञ्जालको महिला समूहमा यो आग्रह गरेकी थिइन्। भट्ट पक्राउमा नेपाली समुदाय खुशी भएको छ । सोही राज्यका एक नेपाली प्रसन्न सङ्ग्रौलाले टिप्पणी गरेका छन्, ‘कस्ता कस्ता नर पिचासहरूको जन्म हुन्छ यो दुनियाँमा !! स्वर्गीय ममता काफ्लेको आत्माले तब मात्र शान्ति पाउँछ जब यो नरपिचासलाई कानुनी रूपमा सदाका लागि काल कोठरीमा राखिनेछ।यस्तो दुखद घडीमा काफ्ले परिवारलाई हामी सबै मिलेर न्याय र राहत दिलाउन लागि पर्नुपर्छ ।’

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस