२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आँबुखैरेनी बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो

Bus accident update with 43 passengers traveling to Kathmandu

७ भदौ, पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुयो । ‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो,’ तनहुँका सिडिओ गौतमले भन्नयो, ‘सुरुमा १४ जनाको र पछि १३ जनाको मृत्यु भएको हो ।’

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटना र अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ । तनहुँका सिडिओ गौतमका अनुसार बाँकी प्रक्रियाकाबारे टुंगोमा लागिसकेको छैन । भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।’

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस