२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१४ जनाको मृत्यु हुनेगरी आँबुखैरेनीमा दुर्घटना भएको बस भारतबाट पर्यटक लिएर आएको

A bus carrying tourists from India crashed in Ambukhareni killing 14 people

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना भएको बसले भारतको गोरखपुरबाट पर्यटक लिएर आएको खुलेको छ । दुर्घटनामा परेको केशरवाणी ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बसका सञ्चालक अतुल केशरवाणी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अझै पनि उद्धार कार्य चलिरहेको छ ।

प्रहरीका अनुसार १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । बसमा अन्दाजी ४३ जना यात्रु रहेका थिए । जसअनुसार अझै १० जना यात्रुहरु बेपत्ता रहेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस