२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्घटना अपडेट : १६ जनालाई काठमाडौं पठाइयो, १४ को मृत्यु, १३ को अवस्था अपडेट हुँदै

Bus accident update with 43 passengers traveling to Kathmandu

७ साउन, आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा गम्भीर घाइते बनेका १६ जनालाई उपचारका लागि काठमाडौं ल्याईपुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको गौतमले बताउनुभयो । दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने बाँकीको अवस्था पनि अचेतावस्थामा रहेको गौतमको भनाइ छ । ‘काठमाडौं उपचारका लागि लगिएका विरामीबाहेक १४ जना मृत घोषणा भइसकेका छन् भने बाँकी १३ जनाको अवस्था पनि चिन्ताजनक छ, केही बेरमा अवस्था सार्वजनिक गर्छौं,’ सिडिओ गौतमले भन्नुभयो, ‘दुर्घटनाले ठूलो क्षति पुर्‍यायो ।’

पहिलो पटक १२ र पछिल्लो पटक ४ जना गरी १६ जनालाई थप उपचारका लागि काठमाडौं शिक्षण अस्प्ताल पठाइएको उहाँले जानकारी दिनुभयो । गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उहाँहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं आइरहनुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको हो । यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थाननजिकै मस्र्याङ्दी नदीमा खसेको थियो । यात्रुहरुको एकीन विवरण तयार पार्ने प्रक्रिया चलिरहेको तनहुँको सिडिओ गौतमले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस