२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३०१८ अंकसम्म पुगेर फर्कियो सेयर बजार

As the market rose by 6 points, the share turnover was over 20 billion

६ भदौ, काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ : ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.०१ अंक बढेको हो ।

कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो ।

विकास बैंक समूहमा उल्लेख्य आकर्षण देखियो । सो समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस