२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लमहीको सडक विस्तार गर्न मेयरले चलाए आफ्नै घरमा डोजर

Lamahi Mayar

६ भदौ, दाङ । लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर भत्काएर लमही–कोइलाबास सडक विस्तार सुरु गर्नुभएको छ । बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घर डोजरमार्फत् भत्काएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गर्नुभएको हो ।

‘यो मेरो पुरानो घरमा विगतमा धेरै कार्यालयहरू बसे । व्यक्तिगत रुपमा पनि प्रयोग भयो,’ मेयर चौधरीले भन्नुभयो, ‘सडक फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा परेपछि मैले मेरै घर भत्काएर सडक विस्तार सुरु गरें ।’

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस