२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२४ घण्टापछि एक पटकमा एउटा गाडी मात्र पार गर्न सक्ने गरी खुल्यो पृथ्वी राजमार्ग

Prithvi highway opened

६ भदौ, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरोका कारण अवरुद्ध सड़क बिहीबार साँझदेखि एक तर्फी सञ्चालनमा आएको छ । बुधबार अपरान्ह ४ बजे पहिरो खसेर अवरुद्ध भएको सडक करिब २४ घण्टापछि एक पटकमा एउटा गाडी मात्र पार गर्न सक्ने गरी खुलेको हो । पहिरो ठूलो भएकाले पूर्ण रुपमा सडक खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो । पृथ्वी राजमार्ग विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोलीले सडकको पहिरो हटाएको हो ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस