२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेता बन्यो

nepal vs bangladesh

६ भदौ, काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो। तर बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।

नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले जसरी पनि जित्नुपर्ने खेल जितेको बताए । ‘उनीहरुलाई बराबरी पनि पर्याप्त थियो । त्यही भएर हामीले गोल गरेपछि उनीहरुले पनि चढेर खेल्यो र प्रेसर दियो । हामीलाई लामो बलमा गाह्रो भएको थियो । दोस्रो हाफमा हामीले मिडफिल्डमा कन्ट्रोल गरेर खेल्यौं’, उनले भने ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस