२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता: प्रधानमन्त्रीसरह नै सम्मान र महत्त्व, सीमा बारे भएन कुरा

काठमाडौं । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार स्वदेश फर्किँदै हुनुहुन्छ । अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ।

भारतीय समकक्षी एस. जयशंकरको निम्तोमा उहाँ आइतबार भारत भ्रमणमा जानुभएको थियो । परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गर्नुभयो ।

भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत विषयमा गम्भीर छलफल भए पनि सीमामा देखिएका समस्याबारे भने कुरा हुन सकेन। राणालाई प्रधानमन्त्रीसरह नै सम्मान र महत्त्व दिएपछि नेपालको राजनीतिक वृत्तमा निकै चर्चा चुलिएको छ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस