२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘नो इफ नो बट हाम्रो कुरा क्लियर कट’ भ्रष्टाचारमा पाँच वर्षे हदम्याद मान्य हुँदैन : लामिछाने

६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताउनुभएको हो ।

‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन’, उहाँले भन्नुभयो ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस