२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शैक्षिक अभियन्ता अभिषेक घिमिरेले पाए ‘द बेस्ट एजुकेशन एक्टिभिस्ट’ अवार्ड

काठमाडौं । शैक्षिक अभियन्ता एवम् उत्प्रेरक वक्ता अभिषेक घिमिरेलले ‘द बेस्ट एजुकेशन एक्टिभिस्ट’को अवार्ड प्राप्त गर्नुभएको छ । बुधबार साँझ ताहाचलस्थित ह्यायत प्यालेसमा भएको समारोहमा घिमिरेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

उहाँलाई समारोहका प्रमुख अतिथि कृषिमन्त्री रामनाथ अधिकारीले अवार्ड प्रदान गर्नुभएको हो । ग्यालेक्सी एक्सलेन्स अवार्ड सिजन ३ अन्तर्गत घिमिरे सम्मानित हुनुभएको हो । करिब डेढ दशकदेखि शिक्षा रुपान्तरणको क्षेत्रमा योगदान दिइरहनुभएका घिमिरे राष्ट्रिय वृहत शिक्षा अभियानका संयोजक हुनुहुन्छ । त्यस्तै, शिक्षकहरु तथा अभिभावकको क्षमता र सीप विकासका लागि तालिमको डिजाइन गर्नेदेखि तालिम दिने उहाँ पूर्वसञ्चारकर्मी समेत हुनुहुन्छ ।

घिमिरले आफ्नो नेतृत्वमा विराटनगर महानगरपालिका अन्तर्गतका बन्द हुने अवस्थामा पुगेका तीन जीर्ण अवस्थाका विद्यालयको सुधारका लागि भूमिका निर्वाह गर्नुभएको थियो । गतवर्ष सर्लाही जिल्लाको बागमती नगरपालिकाभरिका सामुदायिक विद्यालयको उल्लेख्य सुधारमा प्रत्यक्ष नेतृत्व गरेका घिमिरे हाल सातै प्रदेशका ७ स्थानीय तहका सामुदायिक विद्यालय रुपान्तरण अभियानको नेतृत्व गरिरहनुभएको छ ।

३ वर्षमा ३० लाख अभिभावकलाई सचेतना कार्यक्रममा जोड्ने अभियानमा क्रियाशील घिमिरे शिक्षा रुपान्तरणका लागि सर्वपक्षीय क्षेत्रमा चेतना आउन जरुरी रहेको बताउँनुहुन्छ । सार्वजनिक शिक्षा सबलीकरणका मुद्दामा स्थानीयदेखि राष्ट्रियस्तरका नियामक निकायलाई खबरदारी गरिरहनुभएका उहाँले शिक्षाको नीतिगत संरचनामा पनि हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याउँनुभएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस