२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको चक्रपथ दोस्रो खण्ड विस्तार गर्न चीनसँग सम्झौता

Agreement with China to expand the second section of Kathmandu's ring road

६ भदौ, काठमाडौं । सरकारले चक्रपथको कलंकी–महारागञ्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गर्न चीनसँग सम्झौता गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गर्नुभयो । चक्रपथको दोस्रो खण्डको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरी निर्माण गर्न चिनियाँ पक्षसँग सम्झौता भएको अर्थ मन्त्रालयका सहसचिव तथा अन्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख धनीराम शर्माले बताउनुभयो ।

दोस्रो चरणमा कलंकीदेखि चाबहिल खण्ड विस्तारको योजना भए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि बसुन्धरा पुलसम्म मात्रै यो खण्ड विस्तार गर्ने योजना छ । तर, पाँच वर्षअघि २०७५ मा यस सम्बन्धी सम्झौता दुई देशबीच भए पनि हालसम्म पनि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन । अब भने डीपीआर तयार गरेर सडक विस्तार सुरु गर्न चिनियाँ पक्षसँग सम्झौता भएको सहसचिव शर्माले बताउनुभयो ।

आयोजना निर्माणमा साइट क्लियरेन्स गर्ने र ठेक्का लागिसकेपछि परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै नेपालको हो । डीपीआर बनाउनेदेखि ठेक्का लगाउनेसम्मको जिम्मा चीनले गर्ने छ । साइट क्लियरेन्सको काम नेपालको तर्फबाट सकिएको छ ।

चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो । काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक विस्तार हुनेछ । यसअघि चक्रपथको कोटेश्वरदेखि कलंकी खण्ड विस्तार भइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस