२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इनार सफा गर्दा डुबेर दुई जनाको मृत्यु

www.janaboli.com;

रुपन्देही । दाङको तुलसीपुरमा इनार सफाई गर्दा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार तुलसीपुर उपमहानगरपालिका–१३, दमार गाउँका ३८ वर्षीय यामबहादुर नेपाली र १७ वर्षीय मुकेश विक स्थानीय दुर्गा विकको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

इनारबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस