२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षामन्त्रीले फेसबुकबाट गृहमन्त्रीसँग त्रिविका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा मागिन्

काठमाडौं । शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गर्नुभएको छ ।
केही दिन यतादेखि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी माथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गरेर धम्क्याउने कार्य भइरहेको भन्दै उहाँले गृह मन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षा माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल एक्स मार्फत भट्टराईले उहाँहरूको सुरक्षा प्रबन्ध गर्न माग गर्नुभएको छ । ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु’, उहाँले लेख्नु भएको छ ।

भट्टराईले आफूले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै यसो गरेको स्पष्ट पार्नुभएको छ । ‘सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन’ भट्टराईले स्पष्ट पार्नुभएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस