२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्य ऐतिहासिक उचाइमा, कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । सुनको मूल्य बढेर ऐतिहासिक उचाइमा पुगेको छ । यसदिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेकाे ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आईतबारको बजारमा कायम एक लाख ५२ हजार ६०० रुपैयाँलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँमा कायम भएको थियो।

 

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस