२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको थियो । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो

 

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस