२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले मोडमा दुर्घटना हुँदा गाउँपालिकाका उपाध्यक्षको मृत्यु

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परी मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको मृत्यु भएको हो ।

३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेकाले दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा राति १ बजेर ४५ मिनेटमा उहाँको निधन भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌ हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस