२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज घट्यो सुनको भाउ, बढ्यो चाँदीको मूल्य

Gold Price Today Nepal

काठमाडौं । लगातार दोस्रो दिन मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। गत आइतबार (भदौ २ गते) सुनको प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ थियो। नेपाली बजारमा सुनको यो भाउ हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस