२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङको पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु, ६ जनाले दौडिएर ज्यान बचाए

३ भदौ, धनगढी । बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता हुनुभएको थियो । पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी हुनुहुन्छ ।

उहाँहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फणीन्द्र भण्डारीसहितको टोली समेत राहत सामाग्रीसहित बुंगलतर्फ हिँडिसकेको छ । प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो ।

पहिरो गएको थाहा पाएपछि धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल हुनुभएको छ । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । घाइते भएका उहाँहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस