२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनसरीमा एक मानिसको टाउको अलग भएको अवस्थामा फेला, शंकास्पद तीन जना पक्राउ

Crime murder

३ भदौ, काठमाडौं । सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।

उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस