२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोरा अस्ट्रेलियामा यस्तो अवस्थामा भेटिन्छन्

Laxmi Prasad Devkota Son

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालीका मात्र हैन, विश्व साहित्यका महान व्यक्ति हुनुहुन्छ । उहाँलाई अहिलेपनि विश्वले श्रद्धा व्यक्त गर्दछ ।

उहाँका कान्छा छोरा दिपक देवकोटा अस्ट्रेलियाको रकह्याम्प्टन सहरमा भेटिनुहुन्छ । दिपक पहिले कान्ति अस्पतालमा डाक्टरको रुपमा कार्यरत हुनुहुन्थ्यो । दिपक मात्र अढाई बर्षको हुँदा बुबा लक्ष्मीप्रसाद देवकोटाको निधन भएको थियो । यसैले बुबाका बारेमा उहाँ आफैलाई धेरै थाहा छैन ।

अरुले भनेका आधारमा र पढेका आधारमा मात्र आफ्नो बुबाका बारेमा थाहा पाएको उहाँले सुनाउनुभयो । मेडिसियन पढ्छु भनेर आएको, यो उमेरसम्म पढिनै रहेको छु । यहाँ प्राक्टिस चै गरेको छैन । मैले साहित्यमा केही गर्न सकेको छैन । ठूलो दाजुले चै लेख्नुहुन्थ्यो । उहाँकै प्रभावले साना–साना कबिताहरु लेखेको छु । तर अहिले स्मरणमा छैन उहाँले सुनाउँनुभयो ।

उहाँले घरमा भनेको सुनेको भन्दै उपचारका लागि बुबा रसिया जाँदा पाउने तलब समेत नपाएपछि जीवनको अन्तिममा उहाँले निक्कै आर्थिक अभाव खेप्नु परेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठानमा काम गर्दा अनुमति नलिइ विदेश गएको भनेर तलब नै रोकिएको, क्रान्ति हुनु अघि वनारस जाँदा आफ्नी आमालाई निक्कै अप्ठ्यारो परेको सुनेको दिपकले सम्झिनुभयो ।

त्यस्तो महान व्यक्तिलाई राज्यले अपमान गरेको भन्ने सुन्दा कस्तो लाग्छ ? भनेर सोधिएको प्रश्नमा दिपकले भन्नुभयो, मलाई खासै असहज लागेको छैन, उहाँले आफै लेख्नुभएको छ, म तमामको छाता बन्न सकु । उहाँ आफैं महानताको पथमा हुनुहुन्थ्यो । अरुबाट आशा राख्नुभएन । सायद मसँग खासै केही सीप नभएपनि तमाम नेपालीले श्रद्धा व्यक्त गर्ने महान व्यक्तिको छोरा भएर होला म चिनिएको छु । म आफूलाईपनि उहाँको छाता मुनि नै छु जस्तो लाग्छ दिपकले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस