२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमबार र मंगलबार सार्वजनिक बिदा [ सूचनासहित ]

काठमाडौं । बागमती प्रदेशमा सोमबार र मंगलबार लगातार दुई दिन बिदा हुने भएको छ । सोमबार जनैपूर्णिामाको अवसरमा देशभरी बिदा दिने निर्णय यसअघि नै भइसकेको छ । मंगलबार गाइजात्रामा बागमती प्रदेश सरकारले पनि बिदा दिने निर्णय गरेको छ । गाइजात्रामा संघीय सरकारले पनि नेवार समुदायका लागि मात्र बिदो दिने निर्णय यसअघि नै गरेको थियो ।

बिदाको दिन पनि यातायात, जिल्ला प्रशासन लगायत कार्यालय भने खुला रहने गरेका छन् । प्रदेश सरकारले दिएको बिदामा प्रदेश सरकार र स्थानीय तहका कार्यालयमा लागु हुन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस