२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फोटो खिच्दै गर्दा बागमतीमा खसेर बेपत्ता बंगलादेशी नागरिक खोज्न गोताखोर परिचालन

२ भदौ, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार फोटो खिच्ने क्रममा खसेर एक बंगलादेशका नागरिक बेपत्ता भएका छन् । उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली आजबाट खटिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता बंगलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नं.२० विपद्‌ उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको छ ।

त्यस्तै शनिबार साँझ करिब ७ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ मा पर्ने रानी झुल्ला जंगलमा घुम्न गएकाबेला हराएका ४ जना भारतीय र १ जना नेपाली नागरिक फेला परिसकेको थापाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको नं. २२ गुह्वेश्वरी गणबाट खटिएको टोलीले उनीहरूलाई राति पौने १ बजेको समयमा फेला पारेर खरिपाटी प्रहरी वृत्तमा बुझाएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस