२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोटरसाइकलको ठक्करबाट ५ वर्षीय सिभांस अर्यालको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-९ धापस्थित सडकमा मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामचन्द्र अर्यालको छोरा ५ वर्षीय सिभांस अर्यालको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस