२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

७ जना पुरुष र एक महिला मृत अवस्थामा फेला

Crime murder

काठमाडौं । कैलाली, टीकापुर नगरपालिका-२ मिलन चोकस्थित बिष्टपाटी कुलोमा सोही नगरपालिका बिजयनगर बस्ने ३५ वर्षीया बालकुमारी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

गोरखा, सिरानचोक गाउँपालिका-७ साढीमुरेस्थित कच्ची सडकमा सोही ठाउँ बस्ने ४३ वर्षीय पदमराज ढकाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-१२ सिपाघाटस्थित इन्द्रावती खोलामा मेलम्ची नगरपालिका-८ किउरेनी बस्ने ५० वर्षीय काईला तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३ दावीस्थित भोटेकोशी नदीको किनारमा सोही गाउँपालिका-३ जात्राथली बस्ने ५५ वर्षीय मान बहादुर बस्नेत शनिबार मृत अवस्थामा फेला परेका छन् । रोल्पा, माडी गाउँपालिका-१ रिसम्जास्थित चिउरीघाट खोलाको किनारमा गंगादेव गाउँपालिका-२ बस्ने ६५ वर्षीया तुलसी कामी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार बेलुकी गंगादेव गाउँपालिका-२ स्थित शुक्खाओडार खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

बारा, कलैया उपमहानगरपालिका-२ स्थित दोहरी चौक सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । झापा, बिर्तामोड नगरपालिका-५ सूर्यदय टोल सुक्कुमबासी लाईन बस्ने ५५ वर्षीय राईमाइला भनी चिनिने पुरूष आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर नजिकै रहेको नालाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस