२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डुबेर र करेन्ट लागेर ३ जनाको मृत्यु, अरु ३ जना मृत अवस्थामा फेला

Crime murder

काठमाडौं । कैलाली, घोडाघोडी नगरपालिका-४ सिमथरीस्थित सडक छेउमा सोही नगरपालिका-५ बनखेत बस्ने ७१ वर्षीय लाल बहादुर बिष्ट शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३ छिम्ति दोभानस्थित छिम्ती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, मध्यपुरथिमि नगरपालिका-२ दिव्यश्वरी प्लानिङ्स्थित सडक छेउमा हाल नाम,थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी उदयपुर, त्रियुगा नगरपालिका-१० बाबरी बस्ने कुमार श्रेष्ठको छोरा १८ महिनाको कौशल श्रेष्ठको घर नजिकै रहेको कुलोले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ । कुलोले बगाएर अशक्त भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रूपन्देही, सैनामैना नगरपालिका-४ रन्यौरा बस्ने दिपक ठाकुरको छोरा १३ वर्षीय आकाश ठाकुरको सोही नगरपालिका-३ गंगानगरस्थित घमाहा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

ईशनाथ नगरपालिका-९ बस्ने नेराज आलमकी छोरी ६ वर्षीया सबा खातुनको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै धारामा पानी लिन जाँदा धारामा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस