२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडा जाने विद्यार्थीलाई दूतावासले जारी गर्यो यी ७ बुँदे सुझाव

Everest Park was built in Ontario Canada

१ भदौ, काठमाडौं । अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ । अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ ।

अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो । यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो ।

यस्तै, दूतावासले जारी गरेका सूचना (वेबसाइट, फेसबुक पेजमा उपलब्ध छन्) लाई ध्यान दिने, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिइएको छ । केही कलेजहरूले अतरंजित प्रचारप्रसार गर्ने भएकोले त्यसमा भरपर्दा समस्यामा पर्ने भएकोले पर्याप्त जानकारी लिन दूतावासले सुझाएको हो ।

यस्तै, क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरु, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिनु दूतावसाले सुझाव दिएको छ । नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन भन्दै दूतावासले अभिभावकलाई पनि अध्ययन, आवास र खानेबस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्रै पठाउन सुझाव दिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस