२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वि. सं. २०८१ साल भदौँ महिनाको मासिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

मेष राशि भएका व्यक्तिहरुको लागि यो भदौँ महिना मध्यम रहन सक्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्नेछन् । धनको वृद्धि हुनुका साथै कार्य प्राप्तिको योग पनि रहेको देखिन्छ । साथीभाईबाट खुसी मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै मनमा उत्साहको सञ्चार हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रुहरु बलिया रहनुका साथै कार्यमा समस्या खडा गर्न सक्नेछन् । स्वास्थ्यमा सजग रहँदा राम्रो हुने देखिन्छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका जातकहरुका लागि यो महिना मिश्रित रहन सक्छ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । कलाका क्षेत्रमा विशेष रुचि रहनेछ । यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । जग्गाजमिन सम्बन्धि क्षेत्र लाभदायी रहनेछ ।अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहनुका साथै बोलीमा पनि विकार रहनसक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् । खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका व्यक्तिहरुका लागि यो महिना शुभदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान रहने देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका जातकहरुको लागि यो महिना मिश्रित फलदायी रहनेछ । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । कर्म क्षेत्र बलवान् छ । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले सजगता अपनाउनु शुभ रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका व्यक्तिहरुको लागि यो महिना शुभदायी रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । कर्मप्राप्तिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । धार्मिक कार्यमा पनि मन जानेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना मध्यम देखिन्छ । व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । कार्यमा उन्नति प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख पनि प्राप्त हुनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । बोलीमा भने विकार रहनसक्नेछ । महिनाको उत्तरार्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहन सक्ने योग देखिन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना लाभदायी रहन सक्छ । कार्यमा सफलता मिल्नुका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नति हुनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाव रहन सक्छ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि यो महिना शुभ फलदायी रहनेछ । कार्य गर्ने प्रशस्त अवसर प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्य क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आम्दानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । जलीय पदार्थबाट विशेष लाभदायी रहनेछन् । पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ ।अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहे पनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्यमा उन्नति हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र भने फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन्। भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । कार्यमा केही विलम्ब हुनसक्ने देखिन्छ। स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि यो महिना शुभ रहनेछ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् ।बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि यो महिना लाभदायी रहनेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस