२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विजय भण्डारीलाई पक्राउ गर्न कोटिहोम स्थल छिरेको प्रहरीमाथी आक्रमण

काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्केको छ । भण्डारीका समर्थकले प्रहरीविरूद्ध नारावाजी र हुलहुज्जत गरेका छन् साथै आक्रमण गरेर घाइते बनाएका छन् ।

एक महिना लामो कोटिहोम सकिएकै रात प्रहरीले हस्तक्षेप गरेको थियो । केही बुझ्नुपर्ने भन्दै सुरुमा सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए । भण्डारीले समर्थकबीचबाट बोल्दै आफू गिरफ्तार हुन तयार रहेको बताउनुभयो । तर उहाँले आफू गिरफ्तार भएमा आफ्ना समर्थकहरुलाई आन्दोलन गर्न आदेश दिनुभयो । उहाँले निकै उत्तेजित रुपमा प्रस्तुत हुँदै समर्थकलाई उकास्नुभयो ।

भण्डारीका समर्थक र सहयोगीले प्रहरी र सरकारविरूद्ध चर्का नारा लगाए । उनीहरूले प्रहरीलाई तथानाम गालीगलौज गरेका थिए । समर्थकले निरन्तर हुलहुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भए । भण्डारीविरूद्ध ठगीको अभियोग छ । यसरी महिनाभर भगवानको जय जयकार गुञ्जिएको पशुपति कोटिहोमको व्यासपीठ चर्का र आक्रोशित नाराबाजीमा बदलिएको छ ।

समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए । काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उहाँका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताउनुभयो । प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस