२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठ्ठाघर दुर्घटनाका मृतकलाई आफ्नी बहिनी भन्ने व्यक्तिलाई मुद्दा चलाउने तयारी

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार भएको दुर्घटनाको मृतकलाई आफ्नो बहिनी भन्ने व्यक्तिलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । भक्तपुर प्रहरी प्रमुख वेद विष्टले झुटो कुरा गरेकाले उनीमाथि म्याद थपेर अनुसन्धान हुने बताउनुभयो । प्रहरीले दोलखाका शम्भु नेपालीलाई पक्राउ गरेको छ। विष्टका अनुसार शम्भुले आफूलाई खलासी गर्ने बताएका छन् । ‘उसको परिचय खुल्ने कागजात भेटिएको छैन ।

उमेर ३०–३५ वर्ष जति देखिन्छ’, उहाँले भन्नुभयो । बिहीबार अपराह्न ती व्यक्तिले घटनास्थल पुगेर मृतक आफ्नी बहिनी भएको बताएका थिए। ती व्यक्तिले भनेकै आधारमा प्रहरीले मृतकको नाम सार्वजनिक गरेको थियो । तर मृतक भनिएकी व्यक्तिले आफू जीवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो।

दुर्घटनामा शव क्षतविक्षत भएका कारण सिसिटिभी फुटेज हेरेपछि मात्र मृतक पुरुष भएको पत्ता लागेको थियो । स्कुटीमा बिल बुक पनि पुरुष व्यक्तिकै थियो । भक्तपुर प्रहरी प्रमुख विष्टले दुर्घटनामा बाहिर आएजस्तो प्रहरीको कुनै गल्ती नभएको दावी गर्नुभयो । ‘ट्राफिक चेकिङ क्रस गरेपछि दुर्घटना भएको देखिन्छ। चेकिङ भइरहेको भन्दा करिब ३०–३५ मिटर अगाडि बढेपछि ट्रकले स्कुटरलाई किचेको देखिन्छ’, उहाँले भन्नुभयो ।

प्रहरी विवादमा आएपछि यतिबेला घटना हुँदाको सीसीटीभी फुटेज बाहिरिएको छ । जहाँ कुदिरहेको अवस्थामा ट्रकले स्कुटरलाई किचेको देखिन्छ। दुर्घटनामा कपन बस्दै आएका ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस