२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशंका

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ । ‘हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताउनुभयो ।

 

 

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस