२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी दिएको हो ।

नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ । सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस