२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको छ । नेपाल भ्रमण आउनुभएका बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको हो ।

आजै काठमाडौं आइपुग्नुभएका बर्माले परराष्ट्र मन्त्री आरजु राणासहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । आफ्नो नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने तय भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस