२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली सेनाको ४५ औं प्रधानसेनापति बन्दै सिग्देल, सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

Chief of the Army Staff Nepal

काठमाडौं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापति सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले गत साउन १४ गते सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो। प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकासमा जाने भएपछि साउन २४ गतेदेखि बिदामा बस्नुभएको छ । त्यसपछि सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ। सिग्देल नेपाली सेनाको इतिहासमा ४५ औं प्रधानसेनापति हुनुहुनेछ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस