२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खेलाडीलाई दिइएन बागमती सरकारले २ वर्षअघि घोषणा गरेको पुरस्कार

हेटौंडा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेतासहित खेलाडीले बागमती प्रदेश सरकारसँग २ वर्षअगाडि नै घोषणा भएको पुरस्कार रकम माग गरेका छन् । टोलीले बिहीबार प्रदेश खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरस्कार रकम माग गरेका हुन् । २८ असोजदेखि ३ कार्तिक २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ वटा कास्य पदक जितेको थियो । प्रतियोगिताका पदक जितेका खेलाडीलाई प्रदेश सरकारले रकमसहित पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई तत्कालीन खेलकुदमन्त्री रत्नप्रसाद ढकालको उपस्थितिमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको ७ पुस २०७९ मा बसेको बोर्ड बैठकले नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । बैठकले स्वर्ण विजेता खेलाडीलाई १ लाख, रजत विजेता खेलाडीलाई ७५ हजार र कांस्य पदक विजेता खेलाडीलाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको थियो । तर, घोषणा भएको २ वर्षसम्म पुरस्कार रकम नपाएपछि बागमती प्रदेश सरकारको अगाडि भौँतारिएका हुन् ।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस