२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सशस्त्रले गर्यो सरस्वतीसहित ३ भलिबल खेलाडीलाई सम्मान, निरुता सहायक हवल्दारमा बढुवा

काठमाडौं । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई साउन ३० गते प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको छ । सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट हुनुहुन्छ ।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँहरुलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो । उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो ।

उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ । बढुवा हुनुभएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नती गरिएको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस