काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री रिचर्ड आर. वर्मा आज नेपाल आउँदै छन् । नेपाल र भारतको एक साता लामो भ्रमणका क्रममा उनी आज काठमाडौं ओर्लिने छन् । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार वर्मा आज नेपाल आएर भोलि भारत जानेछन् । नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्चस्तरीय भेटवार्तासँगै विकासे साझेदार, चिया विज्ञ तथा व्यापारिक व्यवसायी नेतृत्वसँग भेटघात गर्ने बताइएको छ ।
रिचर्ड आर. वर्माले केही समयअघि नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख डलर बजेट दिएकोबारे अमेरिकी सदनमा उठेको प्रश्नको जवाफ दिएका थिए । फ्लोरिडा प्रतिनिधित्व गर्ने सांसद ब्रीआन म्यास्टले सोधेको प्रश्नमा वर्माले जवाफ फर्काएका हुन् । यो विषयमा नेपालको सदनमा पनि कुरा उठ्यो । राप्रपाले पनि यसको खरो विरोध गरेको थियो । अमेरिकी दूतावासले धार्मिक अनास्था फैलाउन बजेट नदिएको तर धार्मिक अल्पसंख्यकलाई साथ हुने विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गरेको थियो ।