२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विपी राजमार्गमा बोलेरो दुर्घटना, वडा सदस्य सहित तीन जनाको मृत्यु

सिन्धुली । विपी राजमार्गको सिन्धुली खुर्कोट खण्डको कनपा २ चियावारी नजिकै विहिबार विहान डबल क्याप बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन ।

गोलञ्जोर गाउँपालिका वडा नं. ६ नाकाजोलीबाट तरकारी लिएर सिन्धुलीमाढी आउँदै गरेको वा२०च८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमै पल्टेको थियो ।

बोलेरोमा सवार गोलञ्जोर ६ का वडा सदस्य उदय मस्र्यांगी मगर र सोहि ठाउँका पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको हो भने सोहि ठाउँका पवन मस्र्याङगीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको छ ।

घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । पाँच जनाको अवस्था मध्यम र अन्य ४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गम्भिर घाईते दुई जनालाई सिन्धुली अस्प्तालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

गम्भिर घाईते हुनेमा गाडी चालक टिकाजंग राई र हिमाल परियारलाई धुलिखेल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताउनुभयाे । उहाँका अनुसार घाईते दुर्घटनामा पर्नेहरुमध्ये १३ जना गोलञ्जोर गाउँपालिका वडा नं. ६ का स्थानीय रहेका छन । एकजना कमलामाई नगरपालिकाका रहेका छन ।

दुर्घटनामा परि घाईते हुनेहरुमा गोलञ्जोर गाउँपालिका ६ का उदय लुंगेली मगर, मेनुका मगर, जिना श्रेष्ठ, धनमाया वाईवा, लिला मगर, समिना मगर, बन्दना कोईराला, राजन प्रसाद कोईराला र कमलामाई नगरपालिका वडा नं. ५ की डम्बर कुमारी कार्की रहेको एसपी काफ्लेले बताउनुभयाेे ।

 

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस