२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खाेटाङमा विद्यालय आउने क्रममा पहिराेले पुरेर शिक्षिकाकाे मृत्यु

खाेटाङ । विद्यालय आउने क्रममा खाेटाङकाे विश्वज्योति मा.वि. लामिडाडाका शिक्षक सावित्रादेवि नेवार (मगर) को पहिरोले पुरेर मृत्यु भएको छ । उहाँ हिँडिरहेका बेला माथिबाट पहिराे खसेकाे थियाे ।

यसैगरी गएराति परेको अविरल वर्षाका कारण खोटाङको रावा बेसी गाउँपालिका-५ दुबेकोल चिण्डेश्वरामा १ वटा महिला सामुदायिक भवनमा पूर्ण रुपमा क्षति भएको छ । खिला बहादुर थापा मगरको २ वटा घर, पुष्कर निरौलाकाे १ घर गरि जम्मा ३ घर पहिरोको जोखिममा परेको स्थानीय टंकप्रसाद निरौलाले बताउनुभयो ।

खिला बहादुर थापा मगरको घर भने पहिरोको उच्च जोखिममा रहेको छ। पुष्कर निरौलाको गोरु गोठ समेत पहिरोले पुरेको छ । स्थानीयका अनुसार सामुदायिक भवनको सामग्रीहरु अन्यत्र सारिएको छ ।

सोही वडा निवासी धारापानीका राम बहादुर श्रेष्ठको दुबेकोल सिम्लेमा रहेको करिब १ रोपनी खेल पहिरोले बगाएको छ । त्यस्तै दुबेकोलको मुल सडक र अन्य शाखा सडकहरु पहिरो अबरुद्ध भएको छ । वर्षाको कारण गाउँपालिकाको विभिन्न वडाहरुको सडकमा समस्या आएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस