२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आपत्‌कालीन अवतरण

The helicopter coming to Kathmandu made an emergency landing at Dhading

काठमाडौं । बिरामी बोकेर काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आपत्‌कालीन अवतरण गरिएको छ । बाक्लो हुस्सु लागेकाले कैलाश हेलिकोप्टर धादिङको थाक्रे गाउँपालिका–५ मा आपत्‌कालीन अवतरण भएको धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीले जानकारी दिनुभयो ।

उक्त हेलिकोप्टर पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै थियो । यात्रु, पाइलट र हेलिकप्टर सुरक्षित रहेको एसपी केसीले बताउनुभयो । बिरामीलाई एम्बुलेन्समार्फत् काठमाडौं ल्याइएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस