२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संस्थागत विद्यालयहरुमा उत्कृष्ट भानुभक्त मेमोरियल विद्यालयमा पुरस्कार वितरण समारोह सम्पन्न

काठमाडौं । संस्थागत विद्यालयहरुमा उत्कृष्ट काठमाडौंको पानी पोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयमा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । प्रथम त्रेमासिक परीक्षासम्मको अवधिसम्म भएका अतिरिक्त क्रियाकलापहरुमा नर्सरीदेखि कक्षा पाँचसम्मका पुरस्कृत विद्यार्थीहरुलाई एक भव्य समारोहकाबीच पुरस्कार प्रदान गरिएको हो ।

विद्यालयका प्रध्यानाध्यापक इश्वरी ढुंंगानाको अध्यक्षतामा भएको समारोहमा साना विद्यार्थीहरुले नै गरेको उद्घोषण निक्कै आकर्षक थियो । कार्यक्रममा सुप्रसिद्ध खेलाडी नेपाल भलिबल एशोसिएशनका केन्द्रीय सदस्य कुमार राई प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

सोही विद्यालयमा पढ्नुभएका नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सम्वृद्धी बस्नेत र भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर रितु लामिछाने अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरु सोही विद्यालयमा पढ्नुभएको थियो । डाक्टर लामिछानेले मेडिकल शिक्षाको यात्रा र नेपालमा क्यान्सर रोगको अवस्था बारे विशेष कक्षा समेत दिनुभएको थियो । समारोहमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक ढुंंगानाले विद्यालयको इतिहासभरको कालखण्डमा कयौं सक्षम र उत्कृष्ट नागरिक बनाउँन सकेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षक, शिक्षिका र विद्यालय कर्मचारीहरुले समारोहलाई भव्य र आकर्षक बनाउँन सबै उपस्थित भएर रचनात्मक भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयले हरेक बर्ष एसईई सहित उच्च शिक्षाको नतिजामा उत्कृष्ट स्थान ल्याउन सफल छ ।

भानुभक्त मेमोरियल विद्यालय

भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालय काठमाडौं उपत्यकाको एक अग्रणी विद्यालय हो । विद्यालय काठमाडौंको पानीपोखरीमा रहेको जापानी राजदूतावासको अगाडि छ । यो सन् १९६७ मा आदिकवि स्वर्गीय भानुभक्त आचार्यको आशीर्वादको सम्झनामा स्थापित भएको स्कुल हो ।

नीजि सहकारी मोडलमा स्थापना भएको संस्थागत विद्यालयमा यो विद्यालय उत्कृष्ट स्थानमा पर्दछ । विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरिसकेको छ । २०३ औ भानु जयन्तीको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाएको थियो । यो बर्ष २१० औं भानु जयन्ती मनाइएको छ । यो एक सह–शैक्षिक र अंग्रेजी माध्यमको विद्यालय हो । विद्यालयसँगै क्याम्पस समेत रहेको छ । भानुभक्त मेमोरियलले स्नातकोत्तर तहसम्मको अध्ययन गराउन पाउने अनुमति पाएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस