२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एएफसी च्यालेन्ज लिगमा नेपाल भुटानसँग घरेलु मैदानमा नै पराजित

Nepal Vs Bhutan

काठमाडौं । एएफसी च्यालेन्ज लिगको छनोटअन्तर्गतको खेलमा नेपालको टोली चर्च ब्वाइज भुटानको पारोसँग पराजित भएको छ । दशरथ रंगशालामा पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजले एफसीविरुद्ध अग्रता बनाएको थियो । त्यसको दुई मिनेटमै पारो एफसीले गोल गर्दै खेल एकएकको बराबरीमा पु¥याएको हो ।

त्यसपछिको खेलमा पहुना टोलीले नेपाली क्लबलाई गोल थप्यो । सोही गोलबाट चर्च ब्वाइज भुटानको पारोसँग २–१ ले पराजित भयो । जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ भने महादेशीय क्लब प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज बाहिरिएको छ । भुटानी क्लबले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस