२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिन्दु धर्ममा जन्मिएकी करिना कपुरले मुस्लिमसँग विवाह गरिन्, अहिले इसाई बनिन् !

Kareena Kapoor, who was born in Hindu religion, married a Muslim, now became a Christian!

काठमाडौं । करिना कपुर बलिउडको चर्चित नाम हो । उनले बलिउड अभिनेता सैफ अली खानसँग विवाह गरेकी छिन् । करीना कपुर खानसँग काम गरेकी नैनी ललिता डिसिल्वाले बलिउडकी बेबो भनेर चिनिने करिनाका बारेमा खुलासा गरेकी छन् । हाल करिना कपुर खान हिन्दू धर्म मान्दिनन् । उनी इसाई धर्ममा विश्वास गर्छिन् ।

रिपोर्टका अनुसार ललिताले भनिन् कि मूलतः सिन्धी (हिन्दु) समुदायबाट आएकी करीना कपुर खान आफ्ना छोराछोरीलाई भजन सुनाउँथिन् । छोराछोरीलाई कथा सुनाउनु पर्दा उनले छोराछोरीलाई ‘एक ओमकार‘’ भजन गाउने गर्थिन् । ललिताले भनिन् कि करिना कपुर खानकी आमा बबिताले पनि क्रिस्चियन सम्प्रदायलाई पछ्याएकी थिइन् र अहिले करीनाले पनि क्रिस्चियन सम्प्रदायलाई पछ्याउँछिन् ।

ललिताले भनिन् कि जब उनी तैमुरकी आमा बनिन् । करिनाले आफ्नो छोरालाई सकारात्मक भाइब्स ल्याउनका लागि ‘इक ओंकार’ भजन सुनाउन थालिन् । तर अहिले उनी छोरा ठूलो हुँदै गएपछि इसाइ पथमा छिन् ।

करीना कपुरको शिक्षा
सन् १९८० मा मुम्बईमा जन्मेकी करीना कपुर खानले जमनाबाई नर्सी स्कूल, मुम्बई र वेल्हम गर्ल्स स्कूल, देहरादुनबाट पढेकी थिइन्। करिनाले मुम्बईको विलेपार्लेको मिठीबाई कलेजबाट दुई वर्ष कमर्स पढेकी थिइन् । करिना कपुरले सन् २००० मा बलिउड फिल्म रिफ्युजीबाट आफ्नो करियर सुरु गरेकी थिइन् ।

जबकी उनकी बहिनी करिश्मा कपुरले क्याथेड्रल र जोन क्यानन स्कूलमा पढेकी थिइन् । यद्यपि, उनका आमाबाबुले १९८८ मा सम्वन्ध विच्छेद गरे । त्यसपछि उनी आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न बलिउडमा प्रवेश गरिन् । स्कुलिङ पूरा गरेपछि करिश्मा कपूर सोफिया कलेजमा भर्ना भएकी थिइन् । करियरका कारण उनीहरु दुबैले पढाइ छोडेका थिए । स्रोतका अनुसार उनीहरु बाल्यकालमा हिन्दु थिए । आमालेपनि बाबुसँग सम्बन्ध विच्छेद गरेपछि मात्र इसाई धर्म अंगालेकी थिइन् ।

 

 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस