२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ऐश्वर्या रायसँगको सम्बन्धविच्छेदमा अभिषेक बच्चनको पहिलो प्रतिक्रिया, विवाह औंठी देखाउँदै भने…

Abhishek Bachchan First Reaction on Divorce

मुम्बई । अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको डिभोर्सको खबरको निकै चर्चा भइरहेको छ । विगत केही महिनादेखि उनीहरुको सम्बन्धविच्छेदको हल्ला चलिरहेको थियो । ऐश्वर्या राय बच्चन आफ्नी छोरी आराध्यासँग एक विवाह समारोहमा एक्लै आइपुगेपछि यी अफवाहले तिब्रता पाएको थियो ।

उक्त विवाहमा अमिताभ बच्चन, जया बच्चन, अभिषेक बच्चन र श्वेता बच्चन नन्दा छुट्टाछुट्टै पुगेका थिए । यसपछि अभिषेक बच्चनले चर्चित पत्रकारले सम्बन्धविच्छेद भएको भनेर लेखेको पोस्ट लाइक गरे । जसमा डिभोर्ससँग सम्बन्धित कुरा लेखिएको थियो । एक भिडियोमा अभिषेकले पनि सम्बन्धविच्छेदको पुष्टि गरेको देखिन्छ ।

अभिषेक बच्चनको यो भिडियो डिपफेक भएको बताइएको छ । भिडियो भने चाँडै भाइरल भयो। यसैबीच, अभिषेक बच्चन पेरिस पुगेका थिए र ओलम्पिक २०२४ को मजा लिँदै देखिएका थिए। अहिले उनले मौनता तोड्दै आफू अझै विवाहित रहेको बताएका छन् । अर्थात् उनीहरुको सम्बन्धविच्छेद भएका छैन । बलिउड युके मिडियासँगको अन्तर्वार्तामा उनले आफ्नो विवाहको औंठी देखाउँदै भने, ‘म अझै विवाहित छु ।

मलाई थाहा छ मानिसहरू किन यस्तो गरिरहेका छन् – अभिषेक बच्चन
अभिषेक बच्चनले भने, ‘यो सबै (डिभोर्स) बारे मसँग भन्नु केही छैन । दुर्भाग्यवश सबै कुरा सीमा बाहिर छ। मलाई थाहा छ मानिसहरू किन यसो गरिरहेका छन्। मानिसहरूले केही कथाहरू बनाएर भाइरल हुनु छ । यसैले हामीलाई प्रयोग गरिरहेका छन् । तर कुनै समस्या छैन। हामी सेलिब्रेटी हौं, हामी यो बुझ्न सक्छौं। उनको यो भनाईबाट भाइरल भएको भिडियो पूर्णतया नक्कली भएको प्रमाणित हुन्छ ।

अभिषेक बच्चनले नीरज चोपडालाई बधाई दिएका थिए
अभिषेक बच्चन हालै पेरिस ओलम्पिक २०२४ को खेल हेर्न गएका थिए । उनले ओलम्पिकमा सहभागी हुन भारतीय खेलाडीलाई हौसला र समर्थन गरे। नीरज चोपडाले रजत पदक जितेपछि अभिषेकले उनलाई बधाई दिएर अँगालो हालेका थिए । यो भिडियो पनि भाइरल भयो, जसलाई देखेर सबैले अभिषेकको व्यवहारको तारिफ गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस