२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमतीलाई घर चाहिएपछि थपे एक पुरुष : तीनैले मिलेर किने बंगला, दैनिकी झनै रोचक !

काठमाडौं । विवाहपछि हरेक जोडीले साना–ठूला खर्चको सामना गर्नुपर्ने हुन्छ । धेरै पटक उनीहरूको आम्दानीले सबै खर्च धान्न पुग्दैन। यी खर्चहरूसँग संघर्ष गर्दा उनीहरुले कठिन समयपनि भोग्नुपर्छ । राम्रो घर छैन भने, राम्रो घर किन्न मन लाग्छ । गाडी थप्न मन लाग्छ । घर, गाडी खरिद गरेपछि ऋणको मासिक ईएमआई तिर्न धेरै प्रयास गर्नुपर्छ।

एउटी अमेरिकी महिलालाई पनि घर किन्ने तीव्र इच्छा थियो । उनी र उनको श्रीमान् दुवैले रोजगारी पाएका थिए, तर तिनीहरूको आम्दानीले आफ्नो लागि राम्रो घर किन्न पर्याप्त भएन। जसका कारण श्रीमतीले यस्तो कदम चालिन् जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । उनले प्रेमी बनाइन् । पतीलेपनि प्रेमी राख्न स्वीकार गरे । त्यसपछि तीनै जनाले मिलेर बंगला किने। यो वास्तविक कथा संसारभर फैलिरहेको छ ।

द सन वेबसाइटका अनुसार यो अमेरिकाको भर्जिनिया रिचमण्डमा बस्ने ३६ वर्षीया लेखिका जेनिफर मार्टिनको वास्तविक जीवन कथा हो। उनका श्रीमान् डेनियल पनि ३६ वर्षका छन् । दुवैले मिलेर ४१ लाख डलर विद्यार्थी ऋण लिएर पढेका थिए । जसका कारण उनीहरूले धेरै इएमआई तिर्नुपर्ने थियो। उनीहरु दुवैको १८ वर्षको उमेरमा भेट भएको थियो । २० वर्षको उमेरमा विवाह भएको थियो । २५ वर्षको उमेरमा पहिलो सन्तान भएको थियो ।

उनीहरुका दुई सन्तान पनि छन् । जेनिफर घर किन्न चाहन्थिन्, तर उनको लागि राम्रो विलासी घर किन्न आफूहरुको बजेट पर्याप्त थिएन। त्यसपछि उनले बहुआयामिक सम्बन्धको प्रयास गर्ने सोचिन् । यो कुरा श्रीमानलाई भनिन् । श्रीमानले स्वीकार गरे । तीन जना नै अहिले एकसाथ सुखभोग गरिरहेका छन् ।

सँगै घर किने
६ वर्षअघि जेनिफरले ३४ वर्षीया टाइ सिम्पसनलाई डेट गर्न थालेकी थिइन् । जो एक बैंकमा प्रकृया प्रबन्धक थिए । त्यसपछि उनीहरु सबै अर्थात् जेनिफर, उनका श्रीमान्, छोराछोरी र टाई मिलेर एउटा घर भाडामा लिएर सँगै बस्न थाले । त्यही समयदेखि यी तीन जनाले आफ्नो पैसा जम्मा गर्ने र सँगै घर किन्ने निर्णय गरे। अहिले तीनै जनाले मिलेर २ करोड डलरभन्दा बढीको बंगला किनेका छन् र अब ऋणपनि सँगै तिर्नेछन् ।

तीनै जनाको कुल आम्दानी एक करोडभन्दा बढी छ । जेनिफरले तीन जनाको आम्दानीबिना घर किन्न सक्छु भन्ने सोचेको पनि थिइनन् । डेनियल र उनी सँगै घर किन्न सक्षम थिएनन् । डेनियल विद्यालयका शिक्षक हुन्, तीन जनाको आम्दानीले खर्च पनि सहज भएको उनले बताए । घरमा प्रशस्त ठाउँ भएको र आफ्नै घर भएकाले इच्छाअनुसार परिवर्तन गर्न सकिने उनले बताए । तीनै जनाको वार्षिक आम्दानी १ करोडभन्दा बढी छ, जसमा जेनिफरको आम्दानी २५ लाख, डेनियलको ४६ लाख र टाइको करिब ६२ लाख रुपैयाँ छ ।

यसरी नै बित्छ तीनै जनाको जीवन
ती तीनजना कसरी एकअर्कासँग बस्छन् भनेर मानिसहरूलाई पनि आश्चर्य छ। जेनिफरले टाई र डेनियल भने सम्बन्धमा नरहेको बताएकी छन् । दुवैसँग जेनिफर मात्रै सम्बन्धमा छिन् । डेनियल जेनिफरको श्रीमान हो । डेनियल र टाईबीच भने कानूनी साझेदार छ । रोचक कुरा त यो छ की जेनिफर टाईसँग दुई रात र डेनियलसँग दुई रात बिताउँछिन् ।

यसका साथै घर र छोराछोरीको जिम्मेवारी पनि एकसाथ लिइरहेका छन् । डेनियलको पनि एक प्रेमिका छिन् । तर उनीहरुको अहिलेसम्म थ्रीसम सम्बन्ध बनेको छैन । अझ रोचक त यो छ टाईपनि अर्को सम्बन्धका लागि पनि स्वतन्त्र छन् । जेनिफरले आफ्ना छोराछोरीसँग सल्लाह गरेर यसरी जिउने निर्णय लिएको बताइन् । अहिले उनको पूरै परिवार सहज रुपमा चलिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस