२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी ६४ स्थानमा पानी नै उल्टो बग्छ : पहाडबाट तल खसेजस्तै गाडी ११० मिटरसम्म आफैं माथी चढ्छ !

काठमाडौं । मैनपाट छत्तीसगढको सुरगुजा जिल्लाको एक प्रसिद्ध हिल स्टेशन हो। यसलाई छत्तीसगढको शिमला पनि भन्न सकिन्छ। यहाँ पर्यटकलाई आकर्षित गर्ने ठाउँ ‘उल्टा पानी’ भन्ने छ । यहाँ पानीको बहाव तलतिर नभई माथितिर अर्थात् उचाइतर्फ बग्छ । यो कुनै प्रविधिबाट हैन । प्राकृतीक रुपमा नै यस्तो हुन्छ । यो देख्दा विश्वका बैज्ञानिकपनि हैरान् छन् । यहाँ सडकमा पार्किङ गरिएको न्यूट्रल गाडी ११० मिटरसम्म पहाडतर्फ जान्छ।

मैनपाटको यो ठाउँमा गुरुत्वाकर्षण बलभन्दा बढी प्रभावकारी चुम्बकीय क्षेत्र भएकाले यस्तो भएको हो । जसले पानी वा सवारीलाई माथितिर तान्छ। बैज्ञानिकहरुका अनुसार भारतभर ५ वटा र विश्वमा ६४ वटा यस्ता ठाउँ छन् । यी स्थानमा चै किन यस्तो भइरहेको छ । पृथ्वी भर नै यस्तो भएमा के होला ? अनुशन्धानको विषय बनिरहेको छ । भौतिकशास्त्रका प्रोफेसर एके पाणिग्रहीका अनुसार, “त्यहाँ गुरुत्वाकर्षण बलभन्दा चुम्बकीय बल धेरै हुँदा पानी नै माथिल्लो दिशामा बहिरहेको हो । यसले पानी तानिरहेको छ । यसैले परापूर्व कालदेखि नै यसलाई उल्टा पानी भनिएको हो ।

भारतमा उल्टा पानी भएका यी पाँच स्थानहरू

लेह, लद्दाख
तुलसी श्याम अमरेली, गुजरात
कालो डुंगर कच्छ– गुजरात
जोगेश्वरी विक्रौली लिंक रोड, मुम्बई
उल्टापानी, मैनपाट, छत्तीसगढ

पहिले मान्छेले यहाँ भुतको प्रभाव हो भन्ने विश्वास गर्थे । अहिले अवस्था फेरिएको छ । मैनपाट पर्यटन अधिकारी सुरेन्द्र वर्मा भन्छन्, “केही वर्ष पहिलेसम्म मानिसहरूले यो ठाउँलाई भूत भएको स्थान ठान्थे । पर्यटन विभागको प्रचारपछि जनतामा चेतना बढेको छ । यसपछि पर्यटकहरु घुम्न आउँन थालेका छन् ।

 

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस